युनाइटेडको त्यो कालो कहानी...
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड ६१ बर्ष पहिले सर्वियन क्लब रेड स्टार बेलग्रडविरुद्ध युरोपा लिग फुटबल खेलेर म्युनिख एयरबाट स्वदेश फर्कदै थियो । सन् १९५८ को लिगको खेल सकेर युनाइटेडका खेलाडी सर्वियाबाट स्वदेश फर्कने क्रममा म्युनिख एयर दुर्घटनामा परेको थियो । दुघर्टनामा युनाइटेडका अधिकांश खेलाडी र पदाधिकारी हताहत भए । सर्वियाको सोही पार्टीजान स्टेडियममा युनाइटेडले बिहिबार राति सर्वियन क्लब पार्टीजान बियोग्राडसँग युरोपा लिगको छनोट खेल खेल्यो ।
युनाइटेडले पार्टीजानमा ६१ बर्षपछि खेलेको हो । त्यतिवेला भाग्यले बाँचेका पूर्व खेलाडी माईकी थोमस र ब्रायन रोबसनलाई बिहिबार राति त्यो पुरानो कहानीले थप दुःखीत तुल्यायो । खेलअघि युनाइटेडका खेलाडी र पदाधिकारीले ६१ बर्षअघिको कालो दिन सम्झँदै आफ्ना स्वर्गीय खेलाडी र पदाधिकारीलाई मैदानमै पुष्प गुच्छा चढाएर श्रद्धान्जली दिए ।
श्रद्धान्जली समारोहमा सहकर्मी गुमाएका थोमस र रोबसन निकै भावुक देखिन्थे । श्रद्धान्जली पछि बिहिबार राति खेलिएको समूह ‘एल’ अन्तर्गतको खेलमा युनाइटेडले पार्टीजान बियोग्राडलाई १–० गोलले हरायो । युनाटेडको जितमा एन्थोनी मार्सियलले ४३औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । ब्रान्डन विलियम्सलाई पार्टीजानका नेमान्जा मिलिटिकले डिबक्सभित्र लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।
त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा युनाइटेड विजयी भयो । जितसँगै तीन खेलबाट सात अंक बनाएको युनाइटेड शीर्ष स्थानमा छ । चार अंक बनाएको पार्टीजान तेस्रो स्थानमा छ । अर्को खेलमा एज अल्कमारले एफसी अस्तानालाई ६–० गोलको फराकिलो अन्तरले हरायो । जितसँगै पाँच अंक बनाएको अल्कमार समूहको दोस्रो स्थानमा छ । अंकविहिन अस्ताना पूछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण