आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बोलिभियामा मोरालेसले गरे राष्ट्रपतिमा विजयी भएको घोाषणा, विरोधमा देशव्यापी प्रदर्शन सुरु

शुक्रबार, ०८ कात्तिक २०७६, १५ : ०७
शुक्रबार, ०८ कात्तिक २०७६

ला पाज– बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन् । राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन गरिरहेका छन् । 

बोलिभियाको निर्वाचन आयोगले करिब ९९ प्रतिशत मतगणना हुँदा राष्ट्रपति मोरालेस विजयी भएको घोषणा गरिएको छ । मोरालेसले कूल खसेको मतको ४७.१ प्रतिशत मत प्राप्त गर्नुभएको आयोगको भनाई छ । उनका विपक्षी कार्लोस मेसाले ३६.५ प्रतिशत मत प्राप्त गरेका छन् ।

बोलिभियाको संविधान र निर्वाचन कानुन अनुसार दोस्रो चरणको मतदानका लागि दुई उम्मेदवारबीच न्यूनतम १० प्रतिशत मतान्तर हुनु आवश्यक छ ।  निर्वाचन आयोगको मतगणना प्रक्रियामाथि विपक्षीहरुले निरन्तर आलोचना गरिरहेका थिए । मोरालेसका उपराष्ट्रपति समेतले निर्वाचन प्रक्रियाको विरोध गरेका थिए ।

मोरालेसले नयाँ पदावधिका लागि सपथ लिएसँगै उनी आगामी सन् २०२५ सम्म मुलुकको राष्ट्रपति हुन पाउनेछन् । बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने प्रावधान छ, तर सर्वोच्च अदालतले उक्त प्रावधान फुकुवा गरेको छ । सर्वोच्चकै आदेश बमोजिम उनी राष्ट्रपतिका लागि चौथो पटक उम्मेदवार भएका थिए ।

विपक्षी नेता मेसाले मोरालेसको दल मुभमेन्ट फर सोसलिज्म (मास) ले निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाएका छन् । –एएफपी/Photo: David Mercado / Reuters

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप