जर्मन चान्सलर मर्केल नोभेम्बर १ मा भारत आउने
नयाँ दिल्ली-जर्मन चान्सलर एन्जेला मर्केल भारत र जर्मनीबीचको पाँचौँ दुई बर्षीय अन्तर–सरकारी परामर्श (आईजीसी)का लागि नोभेम्बर १ मा नयाँ दिल्ली आउने भएकी छिन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली आउन लाग्नुभएकी मर्केललाई भारत भ्रमणका समय प्रधानमन्त्री मोदी,संघीय सरकारका मन्त्रीहरू तथा सचिवहरूलगायतका उच्च अधिकारीले साथ दिनुहुने कार्यक्रम तय भएको भारतको विदेश मामिला मन्त्रालयले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।
विज्ञप्तिमा भनिएको छ, “आईजीसी ढाँचाअन्तरगत हुने भेटमा दुई देशका अधिकारीहरूले आ–आफ्ना क्षेत्रका बिषयहरू र जिम्मेवारीमा प्रारम्भिक छलफल गर्ने छन् । छलफलका नतिजाहरूलाई भारतीय प्रधानमन्त्री तथा जर्मन चान्सलर एन्जेला मर्केलको संयुक्त अध्यक्षता रहेको आइजीसीमा प्रस्तुत गरिनेछ ।”
आईजीसीमा दुई पक्षबीचको यातायात, सीप विकास र उर्जालगायतका क्षेत्रमा रहँदै आएको परम्परागत सहकार्यलाई थप सुमधुर बनाउने तथा सम्भावित नयाँ अवसरको खोजी हुने बताइएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदी तथा चान्सलर मर्केलले क्षेत्रीय तथा विश्व समुदायका आपसी चासोका बिषयमा विचारहरू आदानप्रदान हुने कार्यक्रम रहेको बताइएको छ । उीहरूले दुवै देशका व्यवसायीहरूसँग छुट्टाछुट्टै छलफल तथा विचार विमर्श गर्नेछन् ।
जर्मन चान्सलर मर्केलले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग पनि भेटवार्ता गर्नुहुने अपेक्षा गरिएको छ । -एएन्आई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण