शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तीन विदेशी एयरलाइन्स थपिए

शनिबार, ०९ कात्तिक २०७६, ०७ : ५५
शनिबार, ०९ कात्तिक २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने विदेशी एयरलाइन्सको संख्या ३१ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले भारतको ‘स्पाइसजेट’ कुवेतको ‘जजिरा एयरवेज’ र भारतकै ‘एयर भिस्टारा’लाई नेपाल उडानको अनुमति दिएपछि काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स ३१ पुगेका हुन् । 

यसअघि २८ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्थे । मन्त्रालयको अनुमति लगतै नागरिक उड्डयान प्राधिकरणले कुवेतको जजिरा एयरवेजलाई सातामा ७ वटा उडान अनुमति दिइसकेको विमानस्थलका एक अधिकारीले बताए । जजिराले हरेक दिन दिउँसो ४ः२० बजे उडान गर्नेछ । भारतको स्पाइसजेट र भिस्टाराले उडान तालिका पाइसकेका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप