तीन विदेशी एयरलाइन्स थपिए
शनिबार, ०९ कात्तिक २०७६, ०७ : ५५
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा दिने विदेशी एयरलाइन्सको संख्या ३१ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले भारतको ‘स्पाइसजेट’ कुवेतको ‘जजिरा एयरवेज’ र भारतकै ‘एयर भिस्टारा’लाई नेपाल उडानको अनुमति दिएपछि काठमाडौँबाट अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स ३१ पुगेका हुन् ।
यसअघि २८ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्थे । मन्त्रालयको अनुमति लगतै नागरिक उड्डयान प्राधिकरणले कुवेतको जजिरा एयरवेजलाई सातामा ७ वटा उडान अनुमति दिइसकेको विमानस्थलका एक अधिकारीले बताए । जजिराले हरेक दिन दिउँसो ४ः२० बजे उडान गर्नेछ । भारतको स्पाइसजेट र भिस्टाराले उडान तालिका पाइसकेका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण