बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

तिहार मनाउन उपराष्ट्रपति पुन जन्मघर रोल्पा आइपुगे

शनिबार, ०९ कात्तिक २०७६, ११ : ०४
शनिबार, ०९ कात्तिक २०७६

रोल्पा । उपराष्ट्रपति नन्दबहादुर पुन आफ्नो पुख्यौली घर आएका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएका हुन् । 

पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकाल पछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए । 

उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका तय भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।

स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आएका उपराष्ट्रपतिलाई स्थानीयले झाकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए । 

आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप