आठ अर्ब राजश्व सङ्कलन
चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा रु आठ अर्ब ५८ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको यसै अवधिमा रु सात अर्ब ४५ करोड ५१ लाख १३ हजार राजश्व सङ्कलन भएको थियो ।
कार्यालयका सूचना अधिकारी धनिश्वर अर्यालका अनुसार चालू आर्थिक वर्षमा राजश्व विभागले तोकेको लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको भए पनि गत वर्षको यसै अवधिको तुलनामा बढी राजश्व सङ्कलन भएको छ । विभागले तीन महीनाका लागि रु १० अर्ब ७४ करोड ९५ लाख ६६ हजार राजश्व सङ्कलनको लक्ष्य दिएको थियो ।
चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु ५५ करोड सात लाख ५१ हजार बढी राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षमा अन्तःशुल्कमा रु छ अर्ब ८१ करोड ५९ लाख ५० हजार, मूल्य अभिवृद्धिकरमा रु ५९ करोड ४८ लाख ५८ हजार, आयकरमा रु ५२ करोड ६० लाख ३१ हजार राजश्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार व्याज करमा रु चार करोड ७१ लाख ६० हजार, बहालकरमा रु एक करोड ७३ लाख १८ हजार, स्वास्थ्य सेवा करमा रु ४४ लाख पाँच हजार र शिक्षा सेवा शुल्कमा रु एक लाख ४२ हजार राजश्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए ।
कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिएअनुसारको सङ्कलन गर्न कठिन भएको जनाएको छ । बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकामा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको बिक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजश्व सङ्कलन हुन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण