भरतमोहन अधिकारीको बैंक खातामा रहेको रकमबाट अक्षयकोष
काठमाडौं – पूर्वउपप्रधान तथा अर्थमन्त्री एवम् दिवंगत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ ।
अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोष घोषणा गरिने भरतमोहन अधिकारी फाउण्डेशनले जनाएको छ । फाउण्डेशनको तेश्रो बैठकले अधिकारीको व्यक्तित्व र कृतित्वलाई जनताबीच जिवितै राख्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
फाउण्डेशनका महासचिव पदम खतिवडाले १८ फागुनमा २५ लाख रुपैयाँबाट कोष सुरु गरिने जानकारी दिए । दिवंगत हुनुअघि अधिकारीले पारिवारिक सदस्यहरुलाई आफ्नो बैंक खातामा रहेको २५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिन भनेकाले उनको चाहना पूरा गर्न सो निर्णय गरिएको खतिवडाले बताए ।
अक्षयकोषमा भरतमोहनका पारिवारिक नातेदादेखि उनले राजनीतिक जीवनमा सहकार्य गरेका शुभेच्छुकर्लाइ ऐच्छिक रुपमा रकम दानका लागि अपिल गरिने प्रतिष्ठानले जनाएको छ । कोषबाट प्राप्प ब्याज आमदानी रकमबाट हरेक वर्ष पिताको वार्षिकीका दिन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा क्षेत्र, सहकारीताका क्षेत्रमा विशेष योगदान गर्ने एक जनालाई क्रमशः पुरस्कृत गर्दै जाने अधिकारी पुत्री लीमा अधिकारीले जानकारी दिइन् ।
प्रतिष्ठानले आगामी १८ फागुनमा पहिलो वार्षिकी पारेर ‘हाम्रो नजरमा भरतमोहन’ नामका स्मृति ग्रन्थ (पुस्तक) पुस्तक समेत सार्वजनिक गर्ने भएको छ । पुस्तकमा अधिकारीका बालसखादेखि राजनीतिक जीवनका विभिन्न मोड र कालखण्डमा सहकार्य गरेका नेता÷कार्यकर्ताका, पूर्वअर्थमन्त्रीहरु पूर्वअर्थमन्त्री रामशरण महत, महेश आचार्य, बाबुराम, भट्टराई, वर्षमान पुन, सुरेन्द्र पाण्डे र वर्तमान अर्थमन्त्री युवराज खतिवडासम्मका आलेख समावेश गरिनेछन् । यस्तै पुस्तकमा अधिकारी उपप्रधान र अर्थमन्त्री रहँदाका प्रशासनिक नेतृत्वको उच्च तहमा रहेकाहरुका विचारसमेत समेटिनेछन् ।
यस्तै फाउण्डेशनले कुनै समय पत्रिकाको सम्पादकका रुपमा भूमिका खेलेका अधिकारीको नाममा आगामी वार्षिकीका अवसरमा एक जना सम्पादकलाई सम्मान गर्ने निर्णय पनि गरेको छ ।
एमाले नेतृत्वको नौ महिने अल्पमत सरकारका अर्थमन्त्री रहेका बेला ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम सुरु गरेर जनतामाझ लोकप्रिय छवि बनाएका अधिकारीको ८२ वर्षको उमेरमा गत २०७६ साल फागुन १८ गते निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण