उत्तरी सिरियाका मुख्य सडकहरूमा करिब दुई हजार सैनिक तैनाथ
दमास्कस- सिरियाको उत्तरमा रहेको अलेप्पो र उत्तरपूर्वी हासाका प्रान्तका सडकहरूमा दुई हजारभन्दा बढी सैनिक तैनाद गरिएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् । सिरियाली सेनाले पाँच बर्ष पहिले उक्त स्थानबाट पछि हटेको थियो ।
राजमार्गमा तैनाद सिरियाली सैन्य एकाइहरूलाई रूसी सैन्यबलको साथ रहेको ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले जनाएको छ ।
बेलायतस्थित उक्त मानवअधिकार समूहले भनेको छ, “सिरियाली कुर्दहरूसँग टर्की र रूसले केही दिन पहिले गरेको सहमति कार्यान्वयन गराउन राजमार्गको एम–फोर सडकका विभिन्न क्षेत्रमा उक्त सैन्य बल तैनाद गरिएको छ ।”
टर्कीले अक्टोबर ९ तारिखमा सिरियाली कुर्दहरूलाई सीमा क्षेत्रबाट हटाउने उद्देश्यसाथ गरेका हवाई तथा स्थल आक्रमणका कारण ठूलोे सङ्ख्यामा कुर्दहरूको मृत्यु भएपछि रूसको पहलमा टर्कीसँग उक्त सहमति भएको थियो ।-सिन्ह्वा/Photo:AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको निर्यात वृद्धि
-
कुशलको नाममा नयाँ कीर्तिमान
-
लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्ध
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण