आहै फूलको झिलिमिली...
आहै झिलिमिली झिलिमिली
आहै के को झिलिमिली
आहै फूलको झिलिमिली ।।
हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा खेलिने देउसीभैलोमा गाइने गीतको हरफले यस चाडमा फूलको महत्त्व कति छ भन्ने दर्साउँछ । यस चाडमा घरहरु फूलैफूलले सजाइने हुँदा तिहारलाई फूलहरुको चाड पनि भनिन्छ ।
तिहारमा विशेष गरेर सयपत्री फूलको बढी प्रयोग हुन्छ । घर सजाउनदेखि पूजा गर्नलाई सयपत्री फूलबाट माला बनाउने गरिन्छ ।
पछिल्लो समय नेपालमा सयपत्री फूलको खेती पनि फस्टाएको छ । उपत्यकाका आसपासका क्षेत्रमा सयपत्री फूलहरु मनग्गेरुपमा रोपिने गरेका छन् । तिहारमा ती फूलहरुलाई काठमाडौँमा ल्याएर बिक्री गरिन्छ ।
यहाँ इचङ्गु र ह्वाइट गुम्बा क्षेत्रमा देखिएको सयपत्री फूलको खेतीलाई तस्विरमा कैद गरिएको छ । सयपत्री फूलको मनोरम दृश्यलाई फोटोपत्रकार सुवास श्रेष्ठले आफ्नो लेन्समा कैद गरेका हुन् । हेरौँ तस्विरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण