राष्ट्रिय सम्वत कार्यान्वयनमा पहल गर्ने प्रचण्डको प्रतिबद्धता
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सम्वतलाई राष्ट्रिय सम्बत घोषणा गरेपनि व्यवहारमा प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको भन्दै गुनासो गरेका छन् ।
नेपाल सम्वत ११४० का अवसरमा भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले त्यस्तो गुनासो गरेका हुन् ।
‘नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरेको, नेपालको कलाकृति र सांस्कृतिक परम्म्परा जगेर्ना गर्न काठमाडौ उपत्यकाका नेवार समुदायले खेलेको भूमिका त्यो घोषणा भएपनि कार्यान्वयन प्रभावकारी ढंगले हुन सकेको छैन’ प्रचण्डले भने, भक्तपुर नगरपालिकाका मेयरको भनाइसँग सहमत जनाउँदै नेपाल सम्वत कार्यन्वयनका लागि सरकारले जसरी पात्रो बनाउनुपर्ने र हरेक सरकारी कार्यालयमा सञ्चालन हुन सकेको छैन ।’
प्रचण्ड नेतृत्वको सरकारकै पालमा नेपाल सम्बतलाई राष्ट्रिय सम्वतका रुपमा घोषणा गरिएको थियो । पूर्व प्रधानमन्त्री र सत्तारुढ दलको अध्यक्षको हैसियतले राष्ट्रिय सम्बतलाई कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए ।
उनले फरक प्रसंगमा परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको पनि बताए । ‘उनीहरु यो पार्टीलाई कसरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन्’ प्रचण्डको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण