ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सप्तरी-राजविराज–रुपनी सडकखण्डको राजविराज नगरपालिका–९ मलेठमा ट्र्याक्टरले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका–५ मुसरहनियाका १९ वर्षीय दिपेश यादवको मृत्यु भएको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।
ठक्करबाट यादवको दाहिने हात र पाखुरामा गम्भीर चोट लागेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपनीबाट राजविराजतर्फ आउँदै गरेको स१त ४३६९ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा३८प ७१९५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार रुपनी गाउँपालिका–५ कै २२ वर्षीय रुपेशकुमार खङ्गको दुवै खुट्टामा चोट लागेर घाइते हुनुभएको छ । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए ।
यस्तै कञ्चनपुर–फत्तेपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा मोटरसाइकलको ठक्करबाट सप्तकोशी नगरपालिका–१ नयाँबजार बस्ने ३५ वर्षीय राजेश शर्माको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण