भाइटिकाकै दिन दुर्घटनामा दुईजनाको मृत्यु
विराटनगर । प्रदेश १ मा भाइटिकाको दिन छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इलाम र मोरङमा भएको सवारी दुर्घटनामा एक–एक जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
इलाम नगरपालिका–१ मानेचोकस्थित मेची राजमार्गमा राँकेबाट पुवाखोलातर्फ आउँदै गरेको मे७प २०७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलाम–४ का २७ वर्षीय सञ्जय कटुवालको मृत्यु भएको हो ।
मंगलबार राति साढे १० बजेको समयमा संजय कटुवाल र सुमन राई सवार मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल ईलाम पठाइएकोमा उपचारको क्रममा राति पौने १ बजेको समयमा सञ्जयको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सुमनलाई थप उपचारका लागि झापाको बिएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाईकल र स्कुटर एकआपसमा ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । मङ्गलबार राति साढे ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२९प २७८४ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको को३२प ८७५० नम्बरको स्कुटी आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परेर स्कुटर चालक सप्तरीको महुली बस्ने अन्दाजी २३ वर्षका निश्चल भारती, स्कुटीको पछाडी सवार उर्लाबारी नगरपालिका–४ बस्ने वर्ष २३ की प्रमिला गिरी र मोटरसाईकल चालक झापाको मेची नगरपालिका–१२ बस्ने वर्ष १८ को एलिस भारती घाईते भएका थिए ।
घाइते तीनैजनालाई नोवेल अस्पताल विराटनगर ल्याएकोमा उपचारको क्रममा साढे ९ बजेको समयमा एलिसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुवै सवारी साधनलाई प्रहरी चौकी विराटचोकले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण