भाइटीकाको दिन २ सय ३३ सवारी मापसे कारबाहीमा
बुधबार, १३ कात्तिक २०७६, १० : ४३
काठमाडौं उपत्यकामा मङ्गलबार भाइटीकाको दिन ७ सय २१ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी मादक पदार्थ (मापसे) गर्ने सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार २ सय ३३ सवारी चालक मापसे कारबाहीमा परेका हुन् ।
यस्तै अन्य ट्राफिक नियमको पालना नगर्ने ४ सय ८८ सवारी चालकलाई पनि कारबाही गरिएको छ ।
मङ्गलबार उपत्यकामा ३२ सवारी दुर्घटना भए । ती दुर्घटनामा परी ३१ जना सामान्य घाइते भए भने एकजनाको मृत्यु भयो ।
काठमाडौँ उपत्यकामा मङ्गलबार १५ हजार ७८५ सवारी साधन भित्रियो भने उपत्यकाबाट १५ हजार ४८९ सवारी साधन बाहिरिएको ट्राफिक महाशाखाको भनाइ छ ।
ट्राफिक महाशाखाका अनुसार ७८ हजार ९०१ यात्रुहरु उपत्यका भित्रिए भने ७८ हजार ६५३ यात्रु उपत्यकाबाट बाहिरिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने