भाइटीकाको दिन २ सय ३३ सवारी मापसे कारबाहीमा
बुधबार, १३ कात्तिक २०७६, १० : ४३
काठमाडौं उपत्यकामा मङ्गलबार भाइटीकाको दिन ७ सय २१ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी मादक पदार्थ (मापसे) गर्ने सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार २ सय ३३ सवारी चालक मापसे कारबाहीमा परेका हुन् ।
यस्तै अन्य ट्राफिक नियमको पालना नगर्ने ४ सय ८८ सवारी चालकलाई पनि कारबाही गरिएको छ ।
मङ्गलबार उपत्यकामा ३२ सवारी दुर्घटना भए । ती दुर्घटनामा परी ३१ जना सामान्य घाइते भए भने एकजनाको मृत्यु भयो ।
काठमाडौँ उपत्यकामा मङ्गलबार १५ हजार ७८५ सवारी साधन भित्रियो भने उपत्यकाबाट १५ हजार ४८९ सवारी साधन बाहिरिएको ट्राफिक महाशाखाको भनाइ छ ।
ट्राफिक महाशाखाका अनुसार ७८ हजार ९०१ यात्रुहरु उपत्यका भित्रिए भने ७८ हजार ६५३ यात्रु उपत्यकाबाट बाहिरिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण