बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा भत्ताको आशमा दसैँ–तिहार बित्यो, छठमा पनि कुन्नि !

बुधबार, १३ कात्तिक २०७६, १० : ५५
बुधबार, १३ कात्तिक २०७६

रौतहट । ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएकाहरुका लागि सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षमा रौतहटका ६ वटा स्थानीय तहमा वितरण हुन सकेको छैन ।

सामाजिक सुरक्षा भत्ता आउला र चाडपर्व राम्ररी मनाउला भन्ने आशमा रहेका लक्षित समुदायले आशै आशमा दसैं, तिहार बिताए । तराई–मधेसमा अर्को मुख्य पर्व छठ नजिकिएको छ । छठमा पनि सामाजिक सुरक्षा भत्ता पाउने छाँट नदेखिएको स्थानीयबासी बताउँछन् ।

कटहरिया, गुजरा, फतुआ बिजयपुर, देवाहीगोनाही, बौधीमाई मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिका गरी ६ स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा आलटाल गरेका हुन् ।

 कोष तथा लेखा नियन्त्रण कार्यालय गौरका अनुसार जिल्लाको १६ नगरपालिका र दुई गाँउपालिका गरी १८ स्थानीयतह मध्ये फतुआ बिजयपुर, देवाहीगोनाही, बौधीमाई नगरपालिका र दुुर्गाभगवती गाउँपालिका बाहेक बाँकी १४ वटाले सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरी लगिसकेका छन् । रकम निकासा गरी लगिसकेका स्थानीय तहले समेत सामाजिक सुरक्षा भत्ता वितरण नगरेका हुन् ।

कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाले छठपर्व अघि नै सामाजिक सुरक्षा भत्ता वितरण हुने बताए । मौलापुर नगरप्रमुख रिना कुमारी साहले ६ वटा वडामा सामाजिक सुरक्षाभता वितरण भईसकेको र बाँकी तीनवटा वडामा छठपर्व अघि नै वितरण गरिने बताइन् ।

फतुआ बिजयपुर नगरपालिकाको लेखापालको सरुवा भएकाले तत्काल सामाजिक सुरक्षाभता बाँडन नसकेको जनाइएको छ ।

त्यसैगरी बौधीमाई नगरप्रमुख राजीवरञ्जन यादव र दुर्गाभगवती गाउँपालिका प्रमुख अरुण साहले छठपर्व अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भइरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप