सामाजिक सुरक्षा भत्ताको आशमा दसैँ–तिहार बित्यो, छठमा पनि कुन्नि !
रौतहट । ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएकाहरुका लागि सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आर्थिक वर्षमा रौतहटका ६ वटा स्थानीय तहमा वितरण हुन सकेको छैन ।
सामाजिक सुरक्षा भत्ता आउला र चाडपर्व राम्ररी मनाउला भन्ने आशमा रहेका लक्षित समुदायले आशै आशमा दसैं, तिहार बिताए । तराई–मधेसमा अर्को मुख्य पर्व छठ नजिकिएको छ । छठमा पनि सामाजिक सुरक्षा भत्ता पाउने छाँट नदेखिएको स्थानीयबासी बताउँछन् ।
कटहरिया, गुजरा, फतुआ बिजयपुर, देवाहीगोनाही, बौधीमाई मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिका गरी ६ स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा आलटाल गरेका हुन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालय गौरका अनुसार जिल्लाको १६ नगरपालिका र दुई गाँउपालिका गरी १८ स्थानीयतह मध्ये फतुआ बिजयपुर, देवाहीगोनाही, बौधीमाई नगरपालिका र दुुर्गाभगवती गाउँपालिका बाहेक बाँकी १४ वटाले सामाजिक सुरक्षा भत्ताको रकम निकासा गरी लगिसकेका छन् । रकम निकासा गरी लगिसकेका स्थानीय तहले समेत सामाजिक सुरक्षा भत्ता वितरण नगरेका हुन् ।
कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाले छठपर्व अघि नै सामाजिक सुरक्षा भत्ता वितरण हुने बताए । मौलापुर नगरप्रमुख रिना कुमारी साहले ६ वटा वडामा सामाजिक सुरक्षाभता वितरण भईसकेको र बाँकी तीनवटा वडामा छठपर्व अघि नै वितरण गरिने बताइन् ।
फतुआ बिजयपुर नगरपालिकाको लेखापालको सरुवा भएकाले तत्काल सामाजिक सुरक्षाभता बाँडन नसकेको जनाइएको छ ।
त्यसैगरी बौधीमाई नगरप्रमुख राजीवरञ्जन यादव र दुर्गाभगवती गाउँपालिका प्रमुख अरुण साहले छठपर्व अघि नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण