महाराजगञ्जबाट समातिएका ६ भीआईपी जुवाडेलाई सर्वोच्च लगियो
काठमाडौँ । महाराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका २५ मध्ये ६ भीआईपी जुवाडेलाई सर्वोच्च अदालत लगिएको छ ।
उनीहरुले गैरकानुनी थुनामा राखिएको दावी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि उक्त रिटको सुनुवाई गर्न अदालत लगिएको हो ।
अदालतले उनीहरुलाई बुधबार ११ बजे उपस्थित गराउन भनेपछि अदालत लगिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख उमेश लम्सालले जानकारी दिए ।
भाइटीका अघि नै छुट्ने तयारीमा सर्वोच्च पुगेका उनीहरुको मुद्दा गत सोमबार समय अभाव भन्दै हेर्दाहेर्दैमा राखिएको थियो ।
तिहारभर थुनामा बस्नुपर्ने भएपछि क्यासिनोका खेलाडी बलराम सापकोटा ‘बले’ ठेकेदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेष्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ती लामाले सर्वोच्च गुहारेका हुन् ।
गत शनिबार पक्राउ परेका उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, र ३ लाख रुपैयाँको चेक बरामद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण