शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्र मल्ल अब राष्ट्रिय क्रिकेट टिमको कप्तान

बुधबार, १३ कात्तिक २०७६, १६ : ०५
बुधबार, १३ कात्तिक २०७६

काठमाडौं– राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै उक्त जिम्मेवारी मल्ललाई दिएको हो । खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । 

संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले  पद छाड्ने घोषणा गरेका थिए ।  एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गरेका खड्कासँगै मल्ल उपकप्तानको भूमिकामा थिए । त्यस्तै संघले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । यू–१९ टिममा कप्तान रहिसकेका उनको फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेको अनुभव छ । 

संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई जिम्मेवारी बाँडफाँडबारे जानकारी गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप