ज्ञानेन्द्र मल्ल अब राष्ट्रिय क्रिकेट टिमको कप्तान
बुधबार, १३ कात्तिक २०७६, १६ : ०५
काठमाडौं– राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै उक्त जिम्मेवारी मल्ललाई दिएको हो । खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।
संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले पद छाड्ने घोषणा गरेका थिए । एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गरेका खड्कासँगै मल्ल उपकप्तानको भूमिकामा थिए । त्यस्तै संघले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । यू–१९ टिममा कप्तान रहिसकेका उनको फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेको अनुभव छ ।
संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई जिम्मेवारी बाँडफाँडबारे जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण