देशको शासन व्यवस्था अनाडीको हातमा पुग्यो : उपसभापति निधि
जनकपुर – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको शासन व्यवस्था (अनाडी)को अनुभवविहीन हातमा पुगेको टिप्पणी गरेका छन् । बुधबार क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपसभापति निधिले कम्युनिष्टको विचारधारा नै संघीयता र लोकतन्त्र विरोधी रहेको टिप्पणी गरे ।
कम्युनिष्ट पार्टीको नेतृत्वमा शासन व्यवस्था पुगेको भन्दै निधिले संघीयता र लोकतन्त्रमाथि खतरा आइपरेको बताए । उनले भने, ‘कम्युनिष्टको विचारधारारले संघीयता र लोकतन्त्रमाथि विश्वास गर्दैन । कम्युनिष्टहरु एकदलीय शासन प्रणालीमा विश्वास गर्छन् ।’
एकदलीय शासन प्रणालीमा विश्वास गर्ने कम्युनिष्ट र मधेशको नाममा जनतालाई ठग्ने दुबै दल(समाजवादी र राजपा) बाट पनि मुलुकलाई खतरा रहेको निधिको दाबी छ । कम्युनिष्टहरुको विरोध गरेर मधेशी जनताबाट भोट लिएकाहरु नै अहिले कम्युनिष्टको पिछलग्गु बनेको निधिले आरोप लगाए ।
सबैले आ–आफ्नो पार्टीको नामबाट मधेश हटाइसकेकोले नेपालमा अब मधेशवादी भत्रे कुनै पार्टी नरहेको निधिले दाबी गरे । संविधान निर्माण, तीन तहको निर्वाचनलगायतका महत्वपूर्ण कामहरुमा व्यस्त हुँदा गएको निर्वाचनमा हार बेहोर्नुपरेको भन्दै आगामी निर्वाचनमा काँग्रेस पहिलो पार्टी बत्रे उनको दाबी छ । यस्तै काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले मधेश र मधेशीको नाममा भोट लिएकाहरुको वास्तविकता यहाँका जनताले बुझिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण