तिहारमा जुवाडेविरुद्ध आक्रामक प्रहरी : विभिन्न स्थानबाट १ सय १४ जना पक्राउ
काठमाडौं – तिहारको छेको पारेर देशको विभिन्न स्थानबाट जुवा तास खेल्ने कार्यमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शंखरापुर नगरपालिका(६ सिर्जनसिल संस्थाको छाप्रोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने श्रीकृष्ण डंगोलसमेत ६ जनालाई नगद ३४ हजार २ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी कीर्तिपुर नगरपालिका(३ ढाल्पामा कौडा खेलिरहेको अवस्थामा ३८ जनालाई नगद १५ लाख ५४ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(३२ बस्ने २६ वर्षीय दिपक धितालको बिएण्डडी क्याफेमा जुवातास खेलिरहेको अवस्थानमा संचालक धिताल लगायत ८ जनालाई नगद ६३ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी भक्तपुर नगरपालिका(९ सूर्यमणिमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय रामगोपाल प्रजापती लगायत ७ जनालाई नगद १ लाख २५ हजार ८ सय ६५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
लमजुङको बेशीशहर नगरपालिका(११ चितिस्थित सूर्यसिंह क्षेत्रीको कुखुरापालनको लागि बनाइएको टहरामा कौडा खेलिरहेको अवस्थामा २५ जनालाई नगद २ लाख १६ हजार ४ सय ३० रुपैयाँ र ३२ थान कौडा सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका(१७ सांग्रिला चोक बस्ने बिजयप्रसाद आचार्यको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका बिरौटा बस्ने ५८ वर्षीय शिव जी बराल लगायत १० जनालाई पनि नगद १ लाख २४ हजार ९ सय ५५ रुपैयाँ, कौडा र तास सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बिराटनगर महानगरपालिका(८ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई नगद २ लाख १० हजार ६ सय १० रुपैयाँ र १६ थान कौडा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी मोरङको बिराटनगर महानगरपालिका(३ स्थित कौडा खेलिरहेको अवस्थामा १० जनालाई ४ लाख ४९ हजार ६ सय ३५ रुपैयाँ र १६ थान कौडा सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण