दुई किशोरी र एक युवती बलात्कृत, तीन जना पक्राउ
काठमाडौं– एक २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-८ गैसार बस्ने खोटाङ घर भएका २१ वर्षीय बिजय राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचखाल नगरपालिका- १ ज्यामिरेबोट बस्ने २१ वर्षीय बिक्रम तामाङलाई पनि बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी संखुवासभा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका- २ बस्ने ४४ वर्षीय तर्बु शेर्पालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शिद्धपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण