पहिले निवासमा बोलाएर रमाइलो गर्ने राजदूतहरु अहिले ट्वीटमार्फत् शुभकामना दिँदै
बिहीबार, १४ कात्तिक २०७६, ०७ : ०६
अमेरिकी राजदूत र्याण्डी बेरीले तिहारको शुभकामना दिँदै सामाजिक सञ्जाल ट्वीटरमा तस्बिर राखेको भोलिपल्ट चिनियाँ राजदूत होऊ यान्छीले पनि तिहारको शुभकामना दिइन् ।
बेलायती राजदूत रिचार्ड मोरिसले समेत अमेरिकी राजदूतले शुभकामना दिएको केही घण्टामा शुभकामना दिए ।
नेपालमा रहेका राजदूतहरुले चाडपर्वलाई नजिकबाट नियाल्दै सांस्कृतिक–कूटनीतिका रुपमा ढाल्ने प्रयास गरिरहेका छन् ।
उनीहरुले हरेक चाडपर्वमा यसैगरी शुभकामना दिँदै आएका छन् । पहिले निवासमा बोलाएर रमाइलो गर्ने राजदूतहरु अहिले ट्वीटमार्फत शुभकामना दिन थालेका हुन् ।
अमेरिकी राजदूतावासभित्र अहिले राजदूतमात्र होइन दूतावासका अन्य अधिकारीले पनि भाइटीका लगाएको तस्बिर राखेर यसको महत्वलाई झल्काएका छन् ।
यो समाचार आज अन्नपूर्ण पोष्ट्मा चन्द्रशेखर अधिकारीले लेखका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण