एक लाखको कलम
बिहीबार, १४ कात्तिक २०७६, ०७ : ३५
एउटा कलमको मूल्य सयदेखि हजारसम्म अनुमान लगाउन सकिन्छ । तर, सप्तरीमा बिक्री तथा हस्तान्तरण भएको एउटा कलमको मूल्य एक लाखभन्दा बढी छ । प्रत्येक वर्ष चित्रगुप्त पूजाको अवसरमा बिक्री हुने गरेको कलम यस वर्ष एक लाख १०५ मा बिक्री भयो ।
राजविराज–८ निवासी रेखादेवी कर्णले उक्त कमल खरिद गरिन् । राजविराजस्थित चित्रगुप्त मन्दिरमा बुधबार आयोजित एक कार्यक्रममा उक्त कलम कर्णलाई हस्तान्तरण गरिएको थियो ।
कलमका देवता तथा मानिसको पाप र पुण्यको लेखाजोखा राख्ने देउताको रुपमा भगवान् चित्रगुप्तको पूजा गरिन्छ । चित्रगुप्तको पूजामा चढाइने कलम खरिद गर्ने व्यक्तिले चाँडै आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्ने विश्वास छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा मनोहर पोखरलेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण