शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार प्रयास अभियोगमा प्रहरी हिरासतमा रहेका महराविरुद्ध अभियोगपत्र दर्ता हुँदै

बिहीबार, १४ कात्तिक २०७६, १० : ४५
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौँ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास अभियोगमा २६ दिनदेखि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध बिहीबार अभियोग पत्र दर्ता गरिने भएको छ । 

सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत काठमाडौँमा महराविरुद्ध बलात्कार प्रयास सम्बन्धी अभियोग पत्र दर्ता गर्न लागेको हो । 

 पत्रदर्ता पूर्व थुनामा राखी अनुसन्धान गर्न पाउने समय सीमा २५ दिन हो र सो समय सीमा बुधबार सकिएको छ ।

सरकारी वकिलले अदालतमा अभियोग पत्र दायर गरेपछि आजबाट महराको थुनछेक बहस सुरु हुनेछ । त्यसपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा पठाइने भन्नेबारे निर्णय हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप