बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

साउदीका युवराज र अमेरिकी नायिकाबीच के चलिरहेको छ ?

बिहीबार, १४ कात्तिक २०७६, १२ : २८
बिहीबार, १४ कात्तिक २०७६

संसारका शक्तिशाली नेतामध्ये एक मानिने साउदी युवराज मोहम्मद बिन सलमान र अमेरिकी अभिनेत्री लिन्डसे लोहानको सम्बन्धको चर्चा चुलिएको छ । केही दिन अघि ‘पेज सिक्स’ ले एक रिपोर्ट सार्वजनिक गर्दै दुबै एकअर्कासँग नजिकिएको दाबी गरेको छ ।

रिपोर्टका अनुसार साउदी युवराज प्रिन्स आफ्नो नीजि जेटमा नायिकालाई भेट्न जान्छन् र उनलाई उपहार दिन्छन् । रिपोर्टमा साउदी युवराजले लिन्डसेलाई उपहारको रुपमा एउटा क्रेडिट कार्ड पनि दिएको दाबी गरेको छ ।

यद्यपि, लोहानका प्रनिनिधीले यो खबर खण्डन गरेको छ । उनका अनुसार यी दुईको एक पटक मात्र भेट भएको छ । एक वर्षअघि फर्मुला वन ग्रान्ड प्रिक्स रेसको क्रममा उनीहरुको भेट भएको प्रतिनिधीले बताएका छन् ।  लोहानका प्रतिनिधीले साउदी युवराजले लिन्डसेलाई कुनै पनि क्रेडिट कार्ड नदिएको पनि स्पष्टिकरण दिए ।

लिन्डसेका पिता माइकलले उनकी छोरीको साउदी युवराज मोहम्मद बिन सलमानसँग अलौकिक र सम्मानजनक सम्बन्ध भएको बताएका छन् । उनले दुईबीच रोमान्सको खबरलाई ठाडो अस्विकार गरेका छन् । न्यूयोर्क पोष्टसँगको कुराकानीमा माइकल लोहानले उनकी छोरीको युवराजसँग कुनै पनि रोमान्टिक सम्बन्ध नरहेको बताएका छन् ।

उनले भने, ‘उनीहरु दुबै साथीमात्र हुन् । लिन्डसेका मध्य–पूर्वमा अत्यधिक प्रभावशाली व्यक्ति साथी छन् किनभने त्यहाँ उनको निकै ठूलो फ्यान फलोविङ छ । लिन्डसेले युवराजलाई कामको सिलसिलामा भेटेकी थिइन् । उनी मध्य–पूर्वका मानिसहरुका लागि विशेषगरी शरणार्थीका लागि काम गरिरहेकी छिन् ।’

उनले थपे, ‘सिरियामा उनले कस्ता काम गरिरहेकी छिन्, कसैले पनि लेख्दैन । जो पनि नकारात्मक खबर मात्र सुन्न लालायित छन् । उनको युवराजसँग निकै गरिमामय सम्बन्ध छ, त्योभन्दा बढी केही पनि छैन ।’

साउदी युवराज वासिङ्टन पोष्टका पत्रकार जमाल खग्गोसीको हत्याको आरोपमा घेरिएका छन् । लोहानका पिताले यसबारे कुरा गर्दै, ‘उनीमाथि लागेको कुनै पनि आरोप प्रमाणित भएको छैन ।’

माइकल लोहानले भने, ‘लिन्डसेले युवराज निकै राम्रा व्यक्ति भएको बताउँछिन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप