२४ घण्टादेखि कपिलवस्तुको कृष्णनगर तनावग्रस्त
बुटवल – कपिलवस्तुको कृष्णनगरमा बुधबार बेलुका लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा उत्पन्न विवाद अहिलेसम्म तनाव कायमै छ । विवादले उग्ररुप लिएपछि प्रशासनले विहिबार विहान ११ बजेदेखि कर्फ्यू लगाएको छ। उक्त कर्फ्यू आज हट्ने सम्भावन निकै कम भएको जिल्ला प्रहरी प्रमुख दिपशमशेर राणाले रातोपाटीलाई बताए ।
दुई समुदायबीचमा उग्र विवाद चएपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले गोली चालएको थियो । सोही क्रममा गोलि लागेर कृष्णनगरमा भारतीय नागरिक सुरज पाण्डेको मृत्यु भएको छ भने करिब १० जना सर्वसाधारण र ६ जना प्रहरी घाइते भएका छन् ।
हिन्दु समुदायले लक्ष्मीपूजाको लागि स्थापना गरेको लक्ष्मीमूर्ति बुधवार सांझ विसर्जन गर्न लैजांदै गर्दा मुस्लिम समुदायँंग विवाद भएको थियो । प्रहरीले झडपलाई नियन्त्रण गर्न बुधबार मात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
विहीबार जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर, पूर्वतर्फ ३ सय मिटरमा कफ्र्यु लगाइएको जनाएको छ ।
कफ्र्यु आदेश अवज्ञा गरे कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ ।

विवाद यसरी भएको शूरु
हिन्दुहरुले दुर्गा र लक्ष्मीका मूर्तिहरु दसैँ र तिहार सकिएपछि स्थानीय नदी तथा तलाउमा विसर्जन गर्नेगर्दछन् । हिजो पनि यस्तै गर्न कृष्णनगर नगरपालिकाको झण्डेनगरबाट लक्ष्मी पूजाका मूर्तिसहित निकालिएको ¥यालीलाई स्थानीय मस्जिद नजिकको बाटोबाट बिसर्जन गर्न खोलामा हिन्दुहरु जाँदै थिए । सोही क्रममा विवादले झडपको रुप लिएको हो । प्रहरीले दुवै समुहलाई तितर-वितर पार्न अश्रुग्यांस, हवाई फायर र लाठीचार्ज गर्नुपरेको थियो ।
गतवर्ष पनि सोही ठाउँ यस्तै बिषयमा झडप भएको थियो । उत्पन्न विवादलाई मध्यनजर गर्दै यसवर्ष दुर्गा मूर्ति विसर्जन गर्दा स्थानीय प्रशासन, विभिन्न राजनितिक दल तथा हिन्दु तथा मुस्लिम समुदायका अगुवाहरुबीचमा सहमति गरी रुट तय गरिएको थियो । तर त्यो सहमति लागु भएन् । जसले विवाद निम्त्यो ।
हिजो राति १ बजेसम्म झडप भएको थियो । आज विहान विर्सजन गर्न रोकिएका १०,१२ वटा मुर्ति विर्सजनको माग राख्दै युवाहरु सडकमा आए । अनि गोली लागेर कपिलबस्तुमा चिया पसल गर्दे आएका एक जना भारतीय नागरिकको मृत्यु भएको हो ।
लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्न मस्जिदको बाटो प्रयोग गर्न रोक लगाइएपछि शुरु भएको असमझदारीले दोहोरो झडपको रुप लिदै गएपछि कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्तिकालिन कर्फ्यू आदेश जारी गरेको हो ।
मृत्यु भएपछि कृष्ण नगर यो वर्षको तिहारको भाइ टिका अर्को दिनदेखि तनावमा छ । यता अल नेपाल मुस्लिम संगठनका केन्द्रीय अध्यक्ष सेराज फारुकीले भने स्थानीय प्रशासन र समुदायबीच भएको सहमतिवेगर फरक रुटबाट मूर्ति विसर्जनको लागि लैजान खोज्दा विवाद उत्पन्न भएको बताए ।
उनले मदरसा तथा मस्जिद रहेको स्थानबाट दुर्गा तथा लक्ष्मीका मूर्तिहरु विसर्जन गर्ने बहानामा चर्को आवाजमा गीत बजाउंदै र अविर छर्दै स्थानीयलाई उत्तेजित बनाउने गरिएको आरोप लगाए ।
तर कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र श्रेष्ठले भने मूर्ति विसर्जन गर्दा तय गरिएको बाटोबाट लक्ष्मीको मूर्ति पनि विसर्जन गर्न लैजाँदै गर्दा दुई समुदायको बीचमा झडपको अवस्था श्रृजना भएको बताए ।
प्रहरी प्रमुख राणाले दुवै समुदाय प्रतिशोधमा रहेकोले कर्फ्यू आदेश हटाउन गाह्रो भएको बताए । प्रहरीले प्रतिशोधमा रहेको समुहले जतिबेला पनि जे गर्न सक्ने भएकोले सर्तकता अपनाएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण