सिरियाका नागरिकहरुको रक्षा गर्न राष्ट्रसंघ महासचिवको आह्वान
बिहीबार, १४ कात्तिक २०७६, २३ : १६

इस्तानबुल-सिरियाली जनता र उनीहरूका घर तथा अन्य संरचनाको रक्षा गर्न राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले बताएका छन् ।
सिरियामा विगत आठ बर्षदेखि जारी युद्धको मारमा सर्वसाधारण परेको महासचिव गुटेर्रेसले इस्तानबुल सम्मेलनलाई सम्वोधन गर्ने क्रममा उनले बताए ।
“सिरियामा द्वन्द्व समाधानका लागि प्रष्ट राजनीतिक समाधान तथा दृष्टान्त छैन,” उनले भने
राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसले एक दिन पहिले स्वीडेनी शहर जेनेभामा भएको सिरियाली संवैधानिक समितिको पहिलो बैठक प्रगतिका लागि एक महत्वपूर्ण थालनी तथा आधार भएको उनले बताए ।
उनले बैठकले सिरियाली युद्धका लागि राजनीतिक समाधानको बाटो तय गर्ने उनले विश्वास गरे । उत्तरी सिरियामा वार्ताद्वारा युद्ध अन्त्यका लागि गरिएको हालैको प्रयासको महासचिव गुटेर्रेसले स्वागत गर्दै इदलीवको अवस्थाप्रति चासो व्यक्त गरे । -सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
-
हृदयघातका कारण कन्नड अभिनेता राकेश पुजाराको निधन
-
करोडौँ खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली चाहिएको छैन : प्रचण्ड
-
रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
-
राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान
-
वर्तमान सरकार दलाल, बिचौलिया र भ्रष्टाचारीको सरकार हो : प्रचण्ड