कार्यकर्ता पक्राउ गरिएको भन्दै तरुण दलको ध्यानाकर्षण
काठमाडौं– नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता/कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
लोकतन्त्रवादी तरुणहरुलाई विभिन्न झुटा बहानामा पक्राउ गरी फसाउने र दुःख दिने नियतले बिहीबार राति पक्राउ गरिएको भन्दै तरुण दलले सो घटनाको निन्दा गरेको छ । तरुण दलले प्रहरीद्वारा आफैँले लगेको हतियार तरुण नेता सन्दीपजङ्ग शाहको गाडीबाट बरामद भएको भनी झुटो बहाना बनाई फसाउने र सामाजिक आतङ्क सिर्जना गर्ने नियतले पक्राउ गरिएको आरोप लगाएको छ ।
अध्यक्ष जीतजङ्ग बस्नेतले आज एक विज्ञप्तिमार्फत पक्राउ गरिएका सबै नेता/कार्यकर्तालाई रिहाइ गर्न, निर्दोषलाई पक्राउ गरी फसाउन झुटा प्रपञ्च रच्ने प्रहरीहरुलाई कारवाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिङ्गरप्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण