मादक पदार्थ सेवन गरेर छोराले आमालाई कुटपिट गर्दा मृत्यु
शनिबार, १६ कात्तिक २०७६, १२ : ३१
बुटवल । कपिलवस्तुमा छोराको कुटपिटबाट गएराती आमाको मृत्यु भएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिकामा–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गर्दा आमा ५५ वर्षीया फूलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । छोरा सुरेन्द्र फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण