सरकारी सेवा सुविधाको रकम सामाजिक कार्यमा खर्चने महेश बस्नेतको घोषणा
भक्तपुर । प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले सांसदले पाउने सरकारी सेवा सुविधाको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा खर्च गर्ने बताएका हुन् ।
सांसद बस्नेतले भने, “मेरो नेतृत्वमा अहिले भक्तपुरले विकासको मुहार फेर्दैछ, अबको तीन वर्षमा भक्तपुर जिल्ला विकासमा नमूनाको जिल्ला बनाउने अठोट गरेको छु, यो सँगै अब मैले सरकारी सरकारी सेवा सुविधाबाट आएको रकमको १० प्रतिशत सामाजिक सेवामा लगाउँछु ।”
बस्नेतले घोषणासँगै पहिलो रकम मध्यपुरथिमि नगरपालिकामा रहेको खाँसी पोखरी पुनःनिर्माणको लागि रु एक लाख सहयोग गरे। उनले सांसदले पाउने क्षेत्र विकास कोषबाट मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक गरेको शंखधर पार्क निर्माणमा रु ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
त्यसैगरि सांसद बस्नेतले क्षेत्र विकास कोषको तर्फबाट महालक्ष्मी भू–क्षय नियन्त्रणको व्यवस्थित गेट निर्माणको लागि रु ३० लाख र इ–लाईव्रेरीको लागि रु ३० लाख गरी ६० लाख उपलब्ध गराउने समेत घोषणा गरे ।
सरकारले मध्यपुरथिमिको नीलवाराहीलाई इको पार्क वा जातीय संग्राहलयमध्ये कुनै एकको रुपमा विकास गर्ने योजना सहित रु एक करोड ५० लाख रकम विनियोजन भएको बताए । त्यसैगरि भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको सम्पदा वस्ती संरक्षण गर्न सरकारले रु १५ करोड रकम व्यवस्था गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण