साझा पार्टीद्वारा दाङ प्रदेशसभा उम्मेदवार घोषणा
शनिबार, १६ कात्तिक २०७६, १५ : १६
काठमाडौँ । साझा पार्टीले दाङ क्षेत्र नं ३ (ख) मा सामाजिक अभियन्ता शिवकुमार चौधरीलाई उम्मेदवार बनाउने भएको छ ।
चौधरीले आफू निर्वाचित भएको खण्डमा खासगरी खुला क्षेत्र, वातावरण तथा सम्पदा संरक्षण, पर्यटन प्रवर्धन, केटाकेटीहरूलाई खेल्ने पार्कहरूको निर्माण, बृद्धबृद्धाहरूलाई बस्ने–टहलिने ठाउँहरू, सोलर बत्ती, ढल तथा फोहरमैलाको व्यवस्थाका लागि पहल गर्ने र युवाहरूको शारीरिक तथा मानसिक क्षमता विकासमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
साझा पार्टीले यस अघि कास्कीको निर्वाचन क्षेत्र नं २ र भक्तपुर क्षेत्र नं १ को प्रदेश (क)मा उम्मेदवार घोषणा गरिसकेको छ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि उपनिर्वाचनकाे मिति तय गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण