कृष्णनगर घटनाको आरोपी साह पक्राउ
शनिबार, १६ कात्तिक २०७६, २० : ४०
कपिलवस्तु । लक्ष्मीपूजाको मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल साहलाई कपिलवस्तु प्रहरीले आज पक्राउ गरेको छ ।
कृष्णनगर बजारमा लुकिछिपि बसिरहेको अवस्थामा कपिलवस्तु प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताउनुभयो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय तौलिहवामा ल्याइएको छ ।
बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको ज्यान गएको थियो ।
अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो । दुवै पक्षबीच सहमति जुटेपछि शनिबार बिहान ६ बजेदेखि कर्फ्यु हटेको छ भने कृष्णनगर पूर्ववत् अवस्थामा फर्किएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण