धार्मिक पर्यटक आकर्षणका लागि एक सय आठ धारा निर्माण गरिने
पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो ।
मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ । धारामा कालीगण्डकी नदीकै पानीमा बूढाबूढीले स्नान गर्ने व्यवस्था गरिने तानसेन नगरपालिका–७ का वडाध्यक्ष माधव जिसीले बताए । स्नान गरी पुन्यप्राप्ति हुने गरी धार्मिक कर्मकाण्डसमेत हुनेछ । तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा रु पाँच लाख र आव २०७५÷७६ मा रु १० लाख बजेट विनियोजन गरेपछि प्रवासको सूर्यकुण्डलाई व्यवस्थित गर्ने काम अगाडि बढाइएको वडाध्यक्ष जिसीले बताए ।
“सूर्यकुण्डको वरिपरि १०८ धारा जडान गर्ने काम हुन्छ । हामीसँग स्थानीय सरकारको बजेट अहिले छैन । स्थानीय बासिन्दाबाट रु २० हजार प्रतिव्यक्ति सङ्कलन गरी काम गर्ने योजनामा छौँ । करीब ८० घरधुरीबाट प्रतिव्यक्ति रु २० हजार उठाउन लागिएको छ”, क्लबका अध्यक्ष प्रदीप खनालले बताए ।
सूर्यकुण्डमा धारा निर्माणकार्य सम्पन्न गरी स्नान गर्न थालेपछि यस क्षेत्रकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास हुने स्थानीय बासिन्दाको भनाइ छ । यसरी गन्तव्य निर्माण लागि आर्थिक सहयोग गर्न स्थानीय बासिन्दा तयार छन् ।
वडाध्यक्ष जिसीका अनुसार नारदमुनि मुक्तियात्राका क्रममा प्रवास बास बसेको भनाइ छ । “भारतको माउटभ्यालीसम्बन्धी यात्राको भिडियोमा पाल्पाको प्रवासको उल्लेख गरेको पाइन्छ”, वडाध्यक्ष जिसीले भने । यात्राबाट फर्केर प्रवासको सूर्यकुण्डलाई व्यवस्थित बनाउने योजना अघि बढाइएको हो ।
चार आना जमीनमा सूर्यकुण्ड रहेको छ । सूर्यकुण्डको सात रोपनी जमीन रहेको छ । ऐतिहासिक महत्व रहेको सूर्यकुण्डको पानी शिवालय कमलेश्वर मन्दिर र सैनामैना लगेर चढाउने चलन छ । यहाँका जल चढाउँदा पुन्यप्राप्ति हुने आशाले साउन महिनाको सोमबार निकै चहलपहल हुने गर्छ ।
माण्डव्य क्षेत्रअन्तर्गत रहेको सूर्यकुण्ड रहेको प्रवासमा शिवरात्रिका समयमा विशेष मेला लाग्दै आएको छ । स्थानीय उत्पादनको किनबेचसमेत गर्नका लागि त्यहाँ आउने परम्परा रहे पनि अहिले सांस्कृतिक कार्यक्रम गरी थप चहलपहल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ ।
वडाध्यक्ष जिसीका अनुसार स्थानीय वंशगोपल क्लबको नेतृत्वमा वडाभित्रका चार महत्वपूर्ण आयोजनाका काम भएका छन् । सूर्यकुण्डलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने, खेलमैदान निर्माण, बगैँचालाई व्यवस्थित गर्ने कामसमेत भएको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण