रोनाल्डोको युभेन्ट्स फेरि शीर्ष स्थानमा
साविक विजेता युभेन्ट्स फेरी इटालियन सिरि ‘ए’ फुटबलको शीर्ष स्थानका उक्लिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोलाई उसैको मैदानमा १–० गोलले हरायो । युभेन्ट्सको कठिन जितमा म्याथिज डि लिग्टले गोल गरे ।
लि लिग्टले ७०औं मिनेटमा गोन्जालो हीग्वीनको पासमा गोल गरेका थिए । टोलीका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा लगातार गोल गर्ने अवसर बनाएपनि सफल हुन सकेनन् । जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले ११ खेलबाट २९ अंक बनाएको छ । समान खेलबाट ११ अंक बनाएको टोरिनो १३औं स्थानमा छ ।
शनिबार रातिनै भएको अर्को खेलमा इन्टर मिलानले बोलोग्नालाई २–१ गोलले हरायो । इन्टरको जितमा दुवै गोल रोमेलु लुकाकुले गरे । लुकाकुले ७५औं मिनेटमा पहिलो र अन्तिम समयमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । यसअघि बोलोग्नाका रोवर्टो सोरिएनोले ५९औं मिनेटमा सुरुवाती गोल गरेका थिए ।
जितसँगै दोस्रो स्थानमा रहेको इन्टर युभेन्ट्सभन्दा एक अ.कले पछि छ । इन्टरले २८ अंक बनाएको छ । १२ अंक बनाएको बोलोग्ना १२औं नै स्थानमा छ । अकोृ खेलमा रोमाले नापोलीलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा उक्लियो । जितसँगै रोमाले २२ अंक बनाएको छ । छैटौं स्थानमा रहेको नापोलीको १८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण