बायर्न म्युनिखको लज्जासपद हार
साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफर्टसँग ५–१ गोलले पराजित भयो । फ्रान्कफर्टको घरेलु मैदानमा बायर्न खेल सुरुभएको नवौं मिनेटमै १० खेलाडीमा समेटिएको थियो । बायर्नका जेरोमी बोयटेङ रातो कार्ड पाउँदै बाहिरिएका थिए ।
त्यसपछि बायर्नलाई दबाब राखेको पारेको फ्रान्कफटले २५औं मिनेटमा खाता खोलेको थियो । फिलिप कोस्टिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३३औं मिनेटमा डिजब्रिल सोलेले गोलगर्दै फ्रान्कफटको अग्रता दोब्बर बनाए । ३७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरे । यससँगै लेवान्डोस्कीले बुन्डेस लिगामा लगातार १० खेलमा गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् ।
४९औं मिनेटमा डेभिड अब्राहमले गोल गर्दै फ्रान्कफर्टको अग्रता बलियो बनाए । त्यसपछि ६१औं मिनेटमा मार्टिन डिन्टेरेगर र ८५औं मिनेटमा गोन्कालो प्यासिन्सीयाले गोल गर्दै फ्रान्कफर्टलाई सजिलै जिताए । जितसँगै १० खेलबाट १७ अंक बनाएको फ्रान्कफर्ट छैटौं स्थानमा उक्लिएको छ । १८ अंक बनाएको बायर्न चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको बोरुसिया मोनचेङलाडबाचको २२ अंक छ ।
शनिबार रातिनै भएको खेलमा बोरुसिया मोनचेङलाडबाचले बायर लिभरकुसेनलाई उसैको मैदानमा २–१ गोलले हराएको छ । जितसँगै बोरुसिया मोनचेङलाडबाचले २२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डटमन्डको १९ अंक छ । शनिबार राति डटमन्डले वल्फ्सबर्गलाई ३–० गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण