सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्न म्युनिखको लज्जासपद हार

आइतबार, १७ कात्तिक २०७६, ०९ : ४२
आइतबार, १७ कात्तिक २०७६

साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा लज्जास्पद हार बेहोरेको छ । शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफर्टसँग ५–१ गोलले पराजित भयो । फ्रान्कफर्टको घरेलु मैदानमा बायर्न खेल सुरुभएको नवौं मिनेटमै १० खेलाडीमा समेटिएको थियो । बायर्नका जेरोमी बोयटेङ रातो कार्ड पाउँदै बाहिरिएका थिए ।

त्यसपछि बायर्नलाई दबाब राखेको पारेको फ्रान्कफटले २५औं मिनेटमा खाता खोलेको थियो । फिलिप कोस्टिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३३औं मिनेटमा डिजब्रिल सोलेले गोलगर्दै फ्रान्कफटको अग्रता दोब्बर बनाए । ३७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने प्रयास गरे । यससँगै लेवान्डोस्कीले बुन्डेस लिगामा लगातार १० खेलमा गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् ।

४९औं मिनेटमा डेभिड अब्राहमले गोल गर्दै फ्रान्कफर्टको अग्रता बलियो बनाए । त्यसपछि ६१औं मिनेटमा मार्टिन डिन्टेरेगर र ८५औं मिनेटमा गोन्कालो प्यासिन्सीयाले गोल गर्दै फ्रान्कफर्टलाई सजिलै जिताए । जितसँगै १० खेलबाट १७ अंक बनाएको फ्रान्कफर्ट छैटौं स्थानमा उक्लिएको छ । १८ अंक बनाएको बायर्न चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको बोरुसिया मोनचेङलाडबाचको २२ अंक छ ।

शनिबार रातिनै भएको खेलमा बोरुसिया मोनचेङलाडबाचले बायर लिभरकुसेनलाई उसैको मैदानमा २–१ गोलले हराएको छ । जितसँगै बोरुसिया मोनचेङलाडबाचले २२ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको बोरुसिया डटमन्डको १९ अंक छ । शनिबार राति डटमन्डले वल्फ्सबर्गलाई ३–० गोलले पराजित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप