अभिषेकभन्दा पहिले नै विवाह गरेकी थिइन् ऐश्वर्याले
बलिउडकी सुन्दरी ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह भएको १२ वर्ष पूरा भइसकेको छ । छोटो समयको प्रेमपछि विवाह गरेको यो जोडी बलिउडमा उदाहरणीय जोडीको रुपमा लिइन्छ ।
दुवैले ‘ढाई अक्षर प्रेम’, ‘कुछ न कहो’जस्ता सुपरहिट फिल्ममा एकसाथ काम गरेका थिए । को–एक्टरभन्दा पनि यी दुई निकै असल साथी थिए । दुवैको केमेस्ट्री फिल्मको पर्दामा निकै रुचाइयो ।
करिश्मा कपूरसँग इन्गेजमेन्ट टुटेका अभिषेक र सलमान र विवेक ओवरायसँग सम्बन्ध टुटाएकी ऐश्वर्याको भेटघाटले विवाहको रुप लिएको थियो ।
‘बन्टी और बबली’ को सेटमा दुवैबीचको दूरी घटेको थियो । त्यसपछि गुरु, धुम–२ मा काम गरेपछि अझै उनीहरु झन् नजिकिएको भारतीय सञ्चार माध्यमहरु बताउँछन् ।
फिल्म गुरुको प्रिमियरको दौरान अभिषेकले ऐश्वर्यालाई विवाहको प्रस्ताव राखेका थिए ।
बच्चन परिवारको धार्मिक आस्थाका कारण र ऐश्वर्याको कुण्डली हेर्दा उनी मांगलिक भएको खुलेको थियो । त्यसैले बच्चन परिवारले पूर्ण रितीरिवाजका साथ ऐश्वर्याको विवाह पीपलको रुखसँग गराइदिए । त्यसपछि ऐश्वर्या र अभिषेकको विवाह भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण