दिल्लीको प्रदुषण घातक स्तरमाः जोर बिजोर प्रणाली लागू
भारतको राजधानी दिल्लीसहित वरिपरिका इलाकामा प्रदुषण घातक स्तरमा पुगिसकेको छ । आइतबार दिल्ली–एनसीआरमा हावाको गुणस्तर (एयर क्वालिटी एक्यूआई) १ हजारको आँकडा पार गरेको छ ।
दिल्लीमा हेल्थ इमर्जेन्सी (स्वास्थ्य आपतकाल) पहिलेदेखि नै लागू छ तर स्थिती दिन प्रतिदिन बिग्रदो स्थितीमा छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदुषको स्थितीमा दिल्ली, पंजाब र हरियाणा सरकारका सम्बन्धित अधिकारीसँग एक महत्वपूर्ण बैठक गरे ।
बैठकमा क्याबिनेट सचिवले लगातार प्रदुषणको स्थितीमा निगरानी राख्ने निर्णय भएको छ । साथै पंजाब, हरियाणा र दिल्लीका मुख्य सचिवले हरेक दिन आ–आफ्नो राज्यमा प्रदुषणको स्थिती निगरानी गर्ने पनि निर्णय भएको छ ।
यसका साथै दिल्ली नजिकैका गाजियाबाद, नोएडा, ग्रेटर नोएडा, गुरुग्राम र फरिदाबादमा पनि नोभेम्बर ४ र ५ का लागि स्कूल बन्द गरिएको छ ।
दिल्लीमा पहिले नै स्कूललाई बन्द गर्ने आदेश दिइसकेको छ ।
यसैबीच सोमबारदेखि दिल्लीमा जोर बिजोर प्रणाली सुरु गरिएको छ । यो योजना अनुसार दिल्लीमा सोमबारदेखि १५ नोभेम्बरसम्म बिजोर मितिमा बिजोर नम्बरका गाडी र जोर मितिमा जोर नम्बरको गाडी मात्रै सडकमा चल्न पाउनेछन् ।
मुख्यमन्त्री अरविन्द केजरीवालले मानिसहरुसँग यो योजनामा सहयोग गर्न अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण