सुकुटे बस दुर्घटना: १७ यात्रुको सनाखत
मेलम्ची– सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–९ सुनकोशीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १८ मध्ये १७ जनाको सनाखत भएको छ । सोमबार नेपालथोकमा एक बालिकाको शव भेटिएसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको हो । बालिकाको सनाखत हुन सकेको छैन ।
सनाखत भएकाहरुमा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए । पन्ध्र जनाको घटनास्थलमा तथा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । सनाखत भएकाहरुमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका २७ वर्षीया चमेली श्रेष्ठ र उनकी ६ वर्षीया छोरी साइरानी श्रेष्ठ, दोलखाको सैलुङ गाउँपालिका–४ की सलिना तामाङ, वडा नं ३ का तीनमहिने शिशु सिसन तामाङ, वडा नं ५ का ५२ वर्षीया चेतकुमारी बस्नेत, वडा नं ३ का ५१ वर्षीया रत्नकुमारी राउत, वडा नं ५ का १४ वर्षीय निखिल खड्का, वडा नं ४ का १४ वर्षीय दिल लामा, २९ वर्षीय किरण राउत र २० वर्षीया कविता राउत छन् ।
यस्तै सैलुङ गाउँपालिका–३ का ३२ वर्षीया निर्मला खड्का, वडा नं ६ का ७० वर्षीया उरमाया मोक्तान, भीमेश्वर नगरपालिकाका २४ वर्षीया रञ्जिता केसी बस्नेत, काभ्रेको रोशी गाउँपालिका–४ की सजिना तामाङ, दोलखाको सैलुङ्गेश्वरी–५ का ३८ वर्षीय सानू राउत आले, वडा नं ३ का निकेश खड्का र चितवनको पटीहानीका ५६ वर्षीया पूजा बस्नेतको दुर्घटनामा मृत्यु भएको काफ्लेले जानकारी दिए । ‘नदीले बगाएको हुनसक्ने भएकाले यात्रुको खोजी जारी छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण