त्रिभुवन विश्वविद्यालयका उपकूलपति बाँस्कोटाद्वारा पदभार ग्रहण
सोमबार, १८ कात्तिक २०७६, १८ : ३३
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकूलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन् ।
आइतबार प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओलीले उनलाई उपकूलपतिमा नियुक्त गरेका थिए ।
सोमबार सो नियुक्त पत्र बुझेर उनले कीर्तिपुरस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
त्यस अवसरमा उनले सो विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सो विश्वविद्यालयको साखलाई उचो राख्ने काममा कुनै पनि कसर बाँकी नराख्ने दृढता पनि व्यक्त गरे ।
पदभार ग्रहण समारोहमा नवनियुक्त उपकूलपति बाँस्कोटालाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण