मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयका उपकूलपति बाँस्कोटाद्वारा पदभार ग्रहण

सोमबार, १८ कात्तिक २०७६, १८ : ३३
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकूलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन् । 

आइतबार प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओलीले उनलाई उपकूलपतिमा नियुक्त गरेका थिए । 

सोमबार सो नियुक्त पत्र बुझेर उनले कीर्तिपुरस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । 

त्यस अवसरमा उनले सो विश्वविद्यालयलाई विश्वकै एउटा उत्कृष्ट विश्वविद्यालयको रुपमा विकास गर्न मन, धन र कर्मले लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सो विश्वविद्यालयको साखलाई उचो राख्ने काममा कुनै पनि कसर बाँकी नराख्ने दृढता पनि व्यक्त गरे । 

पदभार ग्रहण समारोहमा नवनियुक्त उपकूलपति बाँस्कोटालाई विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप