शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा जीप दुर्घटना: नगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते

सोमबार, १८ कात्तिक २०७६, २२ : ४८
सोमबार, १८ कात्तिक २०७६

उदयपुर-उदयपुरको त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप आज साँझ दुर्घटना हुँदा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका छन् ।

घाइते दुबै जनाको चौदण्डीको बेल्टारस्थित बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि विशेष उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । उनले जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य रहेको पनि बताए । 

विराटनगरबाट मदनभण्डारी लोकमार्ग हुँदै उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार भएर गाईघाट आउने क्रममा चौदण्डी–७ को लाटीखोलास्थित भुल्के भन्ने स्थानमा आज साँझ ५ बजे त्रियुगा नगरपालिकाको स१ज।५३१ नम्वरको रातो जीप सडकमा पल्टिएर दुर्घटना हुँदा जीपमा सवार दुबैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

जीप सडकको गोलाइमा नियन्त्रण भन्दा बाहिर गएका कारण दुर्घटना हुन पुगेको प्रारम्भीक अनुसन्धानबाट देखिएको उदयपुरका प्रहरी प्रमुख बुढामगरले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप