ट्रम्पको गोप्य कुराकानीको विवरण सार्वजनिकः अमेरिकी पूर्व राजदूतले खतरा महसुस गरिन्
बीबीसी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषय तीव्र गतिमा अघि बढिरहेका बेला अमेरिकाकी पूर्व राजदूतले ट्रम्पले टेलिफोन संवादका क्रममा आफूबारे गरेको एउटा अस्पष्ट टिप्पणीका कारण खतरा महसुस गरेको बताएकी छिन् ।
युक्रेनका लागि अमेरिकाकी पूर्व राजदूत मुरी युभानोभिचले कङ्ग्रेसलाई युक्रेनका नेतासँग टेलिफोन वार्ताका क्रममा ट्रम्पले गरेको टिप्पणीले आफूलाई निकै चिन्तित बनाएको बताएकी छन्।
‘उनी (युभानोभिच) केही कुराहरूबाट गुज्रिनुपर्ने छ,’ ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई संवादका क्रममा भनेका थिए ।
डेमोक्र्याट दलले हालै मात्र गोप्य रूपमा गरिएको कुराकानीको विवरण सार्वजनिक गरेको छ।
स्तब्धः
रिपब्लिकन दलबाट राष्ट्रपति निर्वाचित भएका ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडन र युक्रेनको एउटा ग्यास कम्पनीमा काम गरेका उनका छोरा हन्टर बाइडनमाथि भ्रष्टाचारको विषयमा छानबिन गर्न युक्रेनको सरकारलाई दबाब दिने कोसिस गरेको आरोप लगाइएको छ। यसैलाई आधार बनाएर उनीमाथि महाभियोग लगाउने तयारी तीब्र रुपमा अघि बढिरहेको छ ।
गत जुलाई २५ तारिखमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको कुराकानीका क्रममा ट्रम्पले आफूबारे भनेका कुराका कारण आफू स्तब्ध भएको उनले बताएकी थिइन् ।
‘उनले के भन्न खोजेका थिए भन्नेबारे मैले केही बुझिनँ,’ यूभानोभिचले ट्रम्पका शब्द बारे भनिन् । ‘म धेरै चिन्तित थिएँ र अझै पनि छु।’
गत अक्टोबरमा युभानोभिचले दिएको बयान अहिले सार्वजनिक गरिएको हो।
प्रशंसा:
दुई राष्ट्रपतिबीचको संवादका क्रममा ट्रम्पले युभानोभिचलाई ‘नराम्रो खबर’ का रूपमा वर्णन गरेका थिए ।
उक्त संवादको बेहोरा ह्वाइट हाउसले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
बयानका क्रममा युरोपेली सङ्घका लागि अमेरिकी राजदूतसँग सल्लाह माग्दा उनले युभानोभिचलाई ट्विटमार्फत ट्रम्पको प्रशंसा गर्न भनेको उल्लेख गरिएको छ।
‘तिमीले केही उल्लेख्य कार्य गर्नुपर्छ वा घर जानुपर्छ,’ युरोपेली सङ्घका लागि अमेरिकी राजदूत गोर्डन सोन्डलुन्डले भनेको उनले आरोप लगाएकी छिन् ।
त्यस्तो सुझाव पालना गर्न नसक्ने आफूलाई लागेको युभानोभिचले बयानका क्रममा भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ