एनआईसी एशिया बैंकद्वारा यूनियन पे इन्टरनेशनलसँगको सहकार्यमा भर्चुअल कार्डको सुरुवात
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले यूनियन पे इन्टरनेशनलको सहकार्यमा एनआईसी एशिया यूनियन पे भर्चुअल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा यूनियन पे भर्चुअल कार्डको शुरु गरीएको हो ।
उक्त कार्यक्रममा यूनियन पे इन्टरनेशनल र एन आई सी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासँग एकिकृत गरी छिट्टै ग्राहकहरु सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ ।
नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ ।
यूनियन पे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण