एक हप्ता अघि मारिएका आइएस प्रमुखकी दिदी पक्राउ

चरमपन्थी समूह इस्लामिक स्टेट (आइएस) का पूर्व प्रमुख अबु बक्र अल–बगदादीकी दिदीलाई उत्तरी सिरियामा पक्राउ गरिएको टर्कीले बताएको छ । बगदादीको एक अमेरिकी हमलामा मृत्यु भएको थियो ।
बगदादीकी दिदी ६५ वर्षीया रस्मिया अवादलाई उत्तरी सिरियामा टर्कीको कब्जा भएको अजाज शहरमा पक्राउ गरियो । उनी त्यहाँ आफ्ना श्रीमान् र परिवारलाई अन्य सदस्यसँग बसिरहेकी थिइन् ।
टर्कीका एक अधिकारीका अनुसार यो गिरफ्तारीले आइएससँग जोडिएका थुप्रै महत्वपूर्ण गोप्य जानकारीबाट पर्दा हट्न सक्छ ।
यद्यपि, जानकारले टर्कीको यो दाबीमाथि शंका गरेका छन् तर उनीहरुले बगदादीको जीवन र इस्लामिक स्टेटको ढाँचाबारे केही जानकारी पाइने आशा भने गरेका छन् ।
बगदादीको दिदीबारे निकै कम जानकारी छ र बीबीसीले अहिलेसम्म स्वतन्त्र रुपमा पक्राउ महिलाको पहिचानको पुष्टि गर्न सक्षम छैन ।
न्यूयोर्क टाइम्सले दिएको खबर अनुसार बगदादीका पाँच भाइ र थुप्रै दिदी बहिनी छन् । यद्यपि, उनीहरु सबै जीवित छ छैन भनेर स्पष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय