मंसिर १४ उपनिर्वाचन: कास्कीमा नेकपाको निर्वाचन परिचालन समिति गठन
कास्की– मङ्सिर १४ गते हुने उपनिर्वाचनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुई हजार ६४१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
निर्वाचनको तयारी सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले पार्टीको जिल्ला कमिटीको ५औँ पूर्ण बैठकले निर्वाचन परिचालन समितिसहितका विभिन्न उपसमिति गठन गरेको जानकारी दिए ।
घोषित कार्यक्रमअन्तर्गत कात्तिक २१ गते उपनिर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्दै जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने, २३ गते पार्टी अध्यक्ष पुष्पकमल दहाल‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलको उपस्थितिमा जिल्लास्तरीय बृहत् कार्यकर्ता प्रशिक्षण गर्ने उनले जानकारी दिए ।
त्यस्तै २४ गते निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पोखरा महानगरपालिकाका ११ वटै वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरिएको उहाँले बताए । बैठकले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङको संयोजकत्वमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेकोे छ भने ११ वडामा वडास्तरीय निर्वाचन कमाण्ड कमिटी गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै श्रीनाथ बरालको संयोजकत्वमा जनवर्गीय मोर्चा सङ्गठन परिचालन कमिटी गठन गर्दै पार्टीले उक्त कमिटीअन्तर्गत आर्थिक व्यवस्थापन, प्रचारप्रसार, युवा परिचालनलगायत विभिन्न २६ वटा उपसमिति गठन गरिएको थापाले जानकारी दिए ।
अघिल्लो निर्वाचनमा आठ हजार ५४२ मत अन्तरले पार्टी विजयी भएको बताउँदै उनले यस निर्वाचनमा थप पाँच हजार मतसहित विजयी बन्ने दावी गरे । निर्वाचन परिचालन सम्बन्धमा निर्वाचन आयोगले तोकेको रु २५ लाखको परिधिमा रही प्रचारप्रसार गर्ने थापाको भनाइ छ । नेकपाले कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
यसअघि कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो । नेकपाका उम्मेदवार भट्टराई स्व.अधिकारीकी धर्मपत्नी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण