रातको समयमा मासु पोलेकोजस्तो गन्ध फैलिएको प्रकरणः ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा रातको समयमा फैलिएको मासु पोलेकोजस्तो गन्धबारे प्रहरीले एक तथ्य बाहिर ल्याएको छ ।
प्रहरीका अनुसार राँगा तथा भैसीको हड्डी र छाला पोलिँदा यस्तो गन्ध आएको हो । ललितपुरको नख्खु खोला किनारमा प्रहरीले सो हड्डी तथा छाला जलाउने क्रममा सोमबार तीन जनालाई पक्राउ गरेसँगै यसको वास्तविकता पत्ता लागेको हो ।
स्थानीयले सोमबार राति मासु पोलेको जस्तो गन्ध आएको भन्दै प्रहरीमा गुनासो गरेका थिए । गुनासोसँगै वास्तविकता बुझ्दै जाने क्रममा प्रहरीले नख्खु खोलामा हड्डी तथा छाला जलाउँदै गरेको अवस्थामा फेसल मुस्लिम, साजित मुस्लिम र रजिश शेर्पालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए ।
उनले त्यही जलाइएको गन्ध राति फैलिएको पनि बताए ।
उनीहरुमाथि वातावरण प्रदूषण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण