दिल्लीमा प्रदुषण गराउन पाकिस्तान र चीनले विषालु ग्यास छाडेको भाजपा नेताको आरोप
एजेन्सी । भाजपाका एक जना नेताले मङ्गलबार दिल्ली र त्यस वरपर क्षेत्रमा देखिइरहेको प्रदुषण पाकिस्तान र चीनले गराएको बताएका छन् । उनले दुईमध्ये कुनै छिमेकीले भारततर्फ विषालु ग्यास छाडेको पनि आरोप लगाए ।
‘जुन विषालु ग्यास आइरहेको छ । यो हामीसँग भयभित कुनै छेउका देशले छोडिरहेको हुनसक्छ । मलाई लाग्छ पाकिस्तान र चीन हामीसँग भयभित छन् ,’ भाजपा नेता विनीत अग्रवाल शारदाले भने ।
‘पाकिस्तानले कुनै विषालु ग्यास छाडे नछाडेको सम्बन्धमा हामीले गम्भीरताका साथ सोच्नुपर्छ,’ उनले थपे ।
विनितले पाकिस्तान मोदी र अमित शाहले सरकारको कमान सम्हालेदेखि दुःखी रहेको र त्यस कारणले भारतविरुद्ध सबै खालको रणनीति प्रयोग गरिरहेको बताए ।
‘भारतसँगका सबै युद्धमा पाकिस्तानले हार बेहोरेको छ । नरेन्द्र मोदी र अमित शाह आएदेखि त पाकिस्तान हैरान छ,’ उनले भने ।
विनितले पराल जलाउने कार्यले प्रदुषण गराएको भनेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आलोचना गरेका छन् ।
‘दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालजस्ता मानिस पराल जलाएर वा औद्योगिक उत्सर्जनबाट प्रदुषण भएको बताइरहेका छन् । किसान हाम्रो देशका मेरुदण्ड हुन् । किसान र उद्योगहरुलाई दोष लगाउनु हुँदैन ।’
भाजपा नेता शारदाले मोदी र शाहलाई महाभारतको कृष्ण र अर्जुनसँग तुलना गर्दै दुई नेता जुनसुकै समस्याको समाधानको लागि सक्षम भएको बताए ।
‘यो कृष्ण र अर्जुनको समय हो । कृष्णका रुपमा मोदी र अर्जुनका रुपमा शाहले सबै सम्हाल्नेछन्,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण