जेलभित्र निरङ्कुशतन्त्र जस्तै अर्को सत्ता रहेको छ: गृहमन्त्री थापा
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपालका जेलभित्र निरङ्कुशतन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन् । बुधबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेलभित्र छुट्टै सत्ता रहेको बताएका हुन् ।
समितिले केहि समयअघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री गृहसचिव महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो । समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेराभित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रीसँग वास्तविकता केहो भनेर जवाफ मागे पछि गृहमन्त्री थापाले नेपालका जेलभित्र निरङ्कुश सत्ता रहेको स्वीकारेका हुन् ।
सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरिह बनेको बताएका हुन् । सांसदको जिज्ञाशामा मन्त्री थापाले जेल भित्रको आन्तरिक प्रसासनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताए ।
राज्यव्यवस्था तथा सुशासन समितिले सभापति शशी श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दीगृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो । समितिले अनुगमनपछि नेपाल सरकारलाई जेल तथा बन्दीगृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण