साझा पार्टीको आपत्ति
बुधबार, २० कात्तिक २०७६, २१ : ०८
काठमाडौं – साझा पार्टीले नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “भारत सरकारको यो कदम अन्तरराष्ट्रिय कानूनको विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो ।”
नेपालका दर्जनौँ ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको निरन्तररुपमा विरोध गर्दै आएको जनाउँदै उक्त पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भ–ूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन सरकारसँग आग्रह गरेको छ ।
मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्नेमा साझाले जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण