घाँटी रेटिएको अवस्थामा पुरुषको शव फेला
बिहीबार, २१ कात्तिक २०७६, १८ : १६
सिरहा । सिरहा नागरपालिका १२ सारश्वर गाउँ नजिकै कमला नदीको बाँधमा बिहीबार बिहान घाँटी रेटिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।
सिरहा नगरपालिका १२ सारश्वरस्थित महादेवको मन्दिरदेखि करिब दुई सय मिटर उत्तर पश्चिम कमला नदीको बाँधमा घाँटी रेटिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा ल्पठाइएको र मृतकको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।
कसैले हत्या गरेर शव फालेको हुन सक्ने भन्दै प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण