बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पाटन उच्च अदालतमा एनआईसी एशिया बैंकको विस्तारित काउण्टर

बिहीबार, २१ कात्तिक २०७६, १९ : १०
बिहीबार, २१ कात्तिक २०७६

ललितपुर– एन आई सी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा राखिएको छ । उक्त विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले आज एक समारोहका बीच उद्घाटन गरे ।  

उद्घाटन समारोहमा प्रमुख अतिथि नहकुल सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे । 

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए । उद्घाटन समारोहमा उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहाललगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप