खड्कालाई झुठा आरोपमा फसाइएको भन्दै तरुण दलको गम्भीर आपत्ति
शुक्रबार, २२ कात्तिक २०७६, १३ : ४५
काठमाडौं– नेपाल तरुण दलले बाँकेका तरुण नेता केशर खडकालाई प्रहरीले झुठा आरोपमा फसाउन खोजेको भन्दै संगठनको गम्भीर ध्यानकर्ष भएको जनाएको छ । आज संगठनका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरी खड्कालाई व्यक्तिगत रिसइवीमा काल्पनिक र झुठा आरोप लगाई फसाउन खोजेको आरोप लगाएका हुन् ।
विज्ञप्तिमा बैजनाथ गाउँपालिकाका यमबहादुर रानाको घटनासँग जोडेर नाजायज र निकृष्ठ आरोपप्रति संगठनको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा कोहलपुरका डिएसपी हेम शाहीले राना लगायतका व्यक्तिहरुलाई यातना दिई झुठा बयान गराई खड्कालाई फसाउने प्रपञ्च रचिएको आरोप लगाउँदै यो कार्य लज्जास्पद, प्रहरीको सिद्धान्त र नीति विपरित रहेको जनाइएको छ ।
संगठनका जिल्ला कोषाध्यक्ष समेत रहेका खड्कामाथि लगाइएको मुद्धा तत्काल फिर्ता लिन समेत माग गरिएको छ ।