खड्कालाई झुठा आरोपमा फसाइएको भन्दै तरुण दलको गम्भीर आपत्ति
शुक्रबार, २२ कात्तिक २०७६, १३ : ४५
काठमाडौं– नेपाल तरुण दलले बाँकेका तरुण नेता केशर खडकालाई प्रहरीले झुठा आरोपमा फसाउन खोजेको भन्दै संगठनको गम्भीर ध्यानकर्ष भएको जनाएको छ । आज संगठनका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरी खड्कालाई व्यक्तिगत रिसइवीमा काल्पनिक र झुठा आरोप लगाई फसाउन खोजेको आरोप लगाएका हुन् ।
विज्ञप्तिमा बैजनाथ गाउँपालिकाका यमबहादुर रानाको घटनासँग जोडेर नाजायज र निकृष्ठ आरोपप्रति संगठनको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा कोहलपुरका डिएसपी हेम शाहीले राना लगायतका व्यक्तिहरुलाई यातना दिई झुठा बयान गराई खड्कालाई फसाउने प्रपञ्च रचिएको आरोप लगाउँदै यो कार्य लज्जास्पद, प्रहरीको सिद्धान्त र नीति विपरित रहेको जनाइएको छ ।
संगठनका जिल्ला कोषाध्यक्ष समेत रहेका खड्कामाथि लगाइएको मुद्धा तत्काल फिर्ता लिन समेत माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण