दाङको घोराहीमा एक सय ३२ केभीको सवस्टेशन निर्माण
बुटवल – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङनीमा १ सय ३२ केभीको विद्युत सवस्टेशन निर्माण भएको छ । निर्माण भएको उक्त सवस्टेशनको शुक्रबार उर्जा जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले उद्घाटन गर्दे विद्युत उत्पदानमा यस्ता परियोजनलो ठुलो राहत दिने बताए ।
उनले नेपालमा विद्युतको सहित उत्पदान र सदुपयोग गर्नको लागी सरकारले बिषेश योजना बनाए काम गरेको बताए । उक्त सवस्टेशनको पहिलो फिडरबाट घोराहीको सवस्टेशन र होलेरी सवस्टेशनमा विद्युत दिइने छ । त्यस्तै दोस्रो फिडरबाट घोराही सिमेन्ट उद्योग र तेस्रो फिडरबाट तुलसीपुर र सोनापुर सिमेन्ट उद्योगमा विद्युत दिइने विद्युत प्राधिकरणका निर्देशक दुर्गानाथ बडियैतले जानकारी दिए ।
यस विद्युत सवस्टेशन निर्माण भएपछि दाङमा औद्योगिक विकासका लागि ढोका खोलेको प्राधिकरणको दावी छ । अब दाङमा भोल्टेज कम हुने छैन भने विद्युत चुहावट रोकिने छ । अर्को तर्फ उद्योग सञ्चालनमा अप्ठेरो नपर्ने प्राधिकरणले जनाएको छ ।
यस सब स्टेशनले सैघा, स्यूजा र बंगलाचुली गाउँपालिकाका भेगमा गुणस्तरीय विद्युत प्रवाह हुने छ । ४२ करोड ३७ लाख २८ हजार रुपैयाँको लागतमा निर्माण सवस्टेशनबाट प्रवाह हुने विद्युतले ४० हजार घरधुरी लाभान्वीत हुने निर्देशक बडियैतले जानकारी दिए ।
विद्युत निमार्ण भएपछि दाङमा उद्योगीहरु उत्साहित बनेका छन् । माग अनुसार विद्युत नहँुदा उद्योगीहरुले चाहे जसरी उत्पादन गर्न नसेका थिएनन् । यता सर्वासाधरण उपभोत्ता पनि उत्साहित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण